• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सात भेन्टिलेटर हस्तान्तरण

सात भेन्टिलेटर हस्तान्तरण


समायोजन खबर
  • बिहिबार, मंसिर ४ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ को रोकथाम र उपचारका लागि सात भेन्टिलेटर उपलब्ध गराएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई रेडक्रस सोसाइटीको कार्यवाहक अध्यक्ष शर्मिला कार्कीले उक्त भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा मन्त्री ढकालले कोभिड–१९ को उपचारका लागि स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउनुभयो ।

    उहाँले सबै क्षेत्रबाट कोभिड–१९ को विरुद्धमा सहयोग प्राप्त भएकाले सहजै सफलता प्राप्त गर्ने बताउनुभयो । मन्त्रालयले प्राप्त भएका सामग्री पारदर्शी ढङ्गले वितरण गरिने बताउनुभयो । सङ्क्रमितको बढी भएका भएका अस्पतालमा भेन्टिलेटर उपलब्ध गराउने उहाँको भनाइ थियो । मन्त्री ढकालले खोप ल्याउन सहज होस् भनेर सरकारले अध्यादेशसमेत ल्याएको जानकारी दिनुभयो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार कोभिड–१९को विरुद्धको खोप उपलब्धता सहज बनाउन औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको थियो । उहाँले कोभिड–१९ विरुद्ध बनेको खोप उत्पादन गरेर वैधानिकता पाउँदा अन्य देशका नागरिकले खोप पाएसँगै नेपाली नागरिकले सहज तवरले पाउने गरी अध्यादेश ल्याइएको बताउनुभयो । रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष कार्कीले सामाजिक सङ्घसंस्थाले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारसँग हातेमालो गरेर काम गरिरहेको बताउनुभयो ।२०७७ मंसिर ४ गते राती ८ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology