• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने


समायोजन खबर
  • बिहिबार, मंसिर ४ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर,भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिनुभयो ।

    मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पु¥याएको उहाँले बताउनुभयो ।

    केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । “दिल्लीमा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन,” मुख्यमन्त्री केजरीवालले भन्नुभयो ।

    उहाँले भिडभाड हुने वा गर्नु पर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्युनिकरण गर्न र भिडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गर्नुभयो ।  धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उहाँले बढी चिन्ता व्यक्त गर्नुभयो ।

    कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उहाँले थप कडाई गर्न लागिएको जानकारी दिनु भएको हो ।  बैठक पछिको पत्रकार सम्मेलनमा उहाँले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सवै पार्टीहरु सहमत भएको पनि बताउनुभयो ।२०७७ मंसिर ४ गते साँझ ७ :४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology