समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र हो दिक्तेलबजार । स्थानीय सरकार आएपछि क्रमिक रुपमा दिक्तेलबजारले रुप फेर्दै गएको छ । स्थानीय सरकार आएपछिको निक्कै महत्वपूर्ण काम हो दिक्तेलबजारभित्रको सडक ढलान ।
रत्नपार्कदेखी सिंचाई गेटसम्म, मालपोत कार्यालयको पछाडीदेखी त्रिवेणीचोकसम्म र पूरानो बैंकचोकदेखी झिसेपु मन्दिर जाने कच्ची सडक ढलान भइसकेको छ । दिक्तेलबजारको बाँकी कच्ची सडक(सिंचाई गेटदेखी हाटडाँडासम्म)पनि ढलान हुने भन्ने विषय पछिल्लो समय चर्चा, परिचर्चा हुन थालेको छ । खास कुरा के हो भनेर हामीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाललाई सोधेका छौ ।
दिक्तेलबजारको बाँकी सडक पनि ढलान हुने हो ?
बाँकी सडक पनि ढलान गर्नेगरी प्रक्रिया अगाडी बढाउने सहमती भएको छ । मैले भर्खरै शहरी विकास मन्त्रीसँग भेटघाट गरेको छु । शहरी विकास मन्त्रीले आवश्यक वजेट व्यवस्थापन गर्ने वचन दिनुभयो ।
त्यसपछि मैले शहरी विकास विभागमा गएर विभागको डीजीसँग कुराकानी गरी सकेपछि मंसिरको पहिलो हप्ताबाट प्रक्रिया अगाडी बढाउने समझदारी भएको छ ।
बजेट व्यवस्थापन भयो कि छैन ?
एकदमै वजेटको व्यवस्थापन भएको छ । अब, त्यसको प्रक्रियाको काम मात्रै बाँकी रहेको छ । त्यो चाँडै हुन्छ ।
कहिलेबाट ढलानको काम सुरु गर्न सकिएला ?
हामीले सकेसम्म मंसिरभित्र टेण्डर गरिसक्ने भन्ने योजना छ । मंसिरमा टेण्डर गर्न सकियो भने माघबाट काम सुरु हुन्छ । सकभर यहि आर्थिक वर्षमा सवै ढलानको काम सक्ने गरी हामी तयारी गरिरहेका छौ ।
रत्नपार्क–सिचाईसम्म ढलानमा खटेका कामदारले ज्याला नपाएपछि स्थानीय सरकार गुहार्न पुग्यो । अझै पाएका छैनन् । ज्याला दिलाउनमा स्थानीय सरकार गैर जिम्मेवार बनेको हो ?
यो विषयमा मलाई कसैले पनि आधिकारीक रुपमा ज्याला पाइएन भनेर उजुरी अथवा जानकारीसम्म गराएको छैन । हामीले ज्याला पाएनौ, दिलाइदिन पहल गरिदिनुप¥र्यो भनेर गुनासो आएको छैन ।
अब, कुन चाँहि पेटी ठेकेदारले पैसा लिएर सम्बन्धित कामदारहलाई पैसा दिएन त्यो चाँहि मलाई जानकारी छैन । यो विषयमा अहिलेसम्म मलाई कही, कतैबाट आधिकारीक जानकारी आएको छैन ।
मैले विभिन्न मिडियामा चाँहि हेरे अनि उप–प्रमुखसँग यो विषयमा उजुरी आएको भन्ने सुने । मैले उप–प्रमुखसँग यो विषयमा कुरा गर्न पाएको छैन । तर, मलाई आधिकारीक रुपमा कही कतैबाट केही जानकारी भने आएको छैन यो विषयमा ।२०७७ मंसिर १ गते बिहान ७ :२६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology