• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तिहारमा झ्याप्प–झ्याप्प बत्ती जादैन

तिहारमा झ्याप्प–झ्याप्प बत्ती जादैन


समायोजन खबर
  • शनिबार, कार्तिक २९ २०७७

  • विधुत प्राधिकरण वितरण केन्द्र दिक्तेलका प्रमुख राम दिनेश राय यादव ।

    समायोजन खबर खोटाङ, तिहार भन्ने वितिक्कै बत्ती नै बत्तीको पर्व भन्ने आम मानिसको मानसपटलमा आउँछ । तिहारमा अधिकांश मानिसहरुले विजुली बत्ती बालेर घर झिलिमिली बनाउँदछ । तर, तिहारमा बेला–बेला बत्ती जान्छ कि भनेर त्यतिकै मानिसको मनमा शंका पनि हुन्छ ।

    यो तिहारमा खोटाङमा निरन्तर बत्ती आउँछ कि आउँदैन लगायतका प्रश्न हामीले नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश राय यादवलाई सोधेका छौ ।
    तिहारमा विधुत निरन्तर गर्न के–के गर्नुभयो ?
    तिहारमा विधुत निरन्तर गर्नलाई हामीले उदयपुर गाईघाटको जलजले सव–स्टेशनदेखी बुइपा सव–स्टेशनसम्मको दुरीमा पर्ने रुखको हाँगाविगा काटिसकेका छौ । कुनै–कुनै ठाउँका कन्डक्टरहरु चेन्ज गरेका छौ, डिसपीन फेरी सकेका कारण लाइन चुस्चदुस्त छ । तिहारमा बत्ती जादैन ।
    तिहारमा झ्याप्प–झ्याप्प बत्ती जान्छ कि जादैन ?
    गएको वर्षको तिहारमा पनि एकै पटक बत्ती गएन । र, यसपाली पनि तिहारमा बत्ती जादैन । किनभने हामीले सबै लाईनहरु मेन्टेन्स गरेका छौ । ३३ र ११ केभी सबै लाइनहरु चुस्तदुस्त गरेका छौ । त्यसकारण लाइन झ्याप्प–झ्याप्प जादैन । लोडहरु पनि मिलाइसकेका छौ । त्यसकारण लाइन झ्याप्प–झ्याप्प जाने कुरै हुदैन ।
    तिहारमा विधुतीय दुर्घट्ना हुनबाट कसरी सचेत हुने ?
    विधुतीय दुर्घट्नाबाट सुरक्षित हुन कर्मचारीहरुलाई निर्देशन दिईसकेका छौ । तपाईहरु जुन ठाउँमा हुनुहुन्छ तठस्थ भएर बस्नुस, लाइन गएको बेलामा काम गर्नुहोस । चालू लाइनमा काम नगर्नुहोस लाइन काटेर काम गर्नुहोला भनेका छौ ।ग्राहकहरुलाई पनि हाम्रो आग्रह छ दिपावलीमा बत्तीको लोड बढी हुने गर्छ । झिलिमिलि बत्ती बाल्दा सकभर एमसीभीमार्फत बाल्ने गर्नुहोस, स्वीचको राम्रो व्यवस्थापन गर्नुहोस । साथै झिलिमिलि बत्तीको तार सर्ट नहुने तरिकाले बत्ती बालिदिन आग्रह छ । जसले गर्दा आफू पनि दुर्घट्नाबाट बचौ अरुलाई पनि बचाउँ ।
    तिहारमा प्राविधिकहरुलाई कस्तो निर्देशन गर्नु भएको छ ?
    प्राविधिकहरुलाई हामीले भनिसकेका छौ । तिहार भनेको बत्ती नै बत्तीको चाडपर्व हो । यो समयमा सबैको बत्तीमा ध्यान हुनुपर्छ । तपाईहरु जुनजुन स्थानमा ड्युटीमा हुनुहुन्छ, आफ्नो ड्युटीमा एकाग्र भएर काम गर्नुहोस । बत्ती जानु भएन । त्यो हिसाबले सबैलाई अर्लट हुन निर्देशन दिएको छु । तिहारमा म आफै पनि ड्युटीमै बसिरहेको छु ।२०७७ कार्तिक २९ गते बिहान ७ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology