चिसाङ शेर्पा खोटाङ, नेपाल टेलिकमले खोटाङमा दश वटा (नमस्तेको) टावर निर्माण गरेको छ । फोन सेवाबट वञ्चित दुर–दराजका सर्वसाधरणका लागि सेवा दिने उद्देश्यले जिल्लाको विभिन्न स्थानमा टावरहरु निर्माण गरेको हो ।
जिल्लाको विभिन्न स्थानमा १३ वटा टावर बनाउने टेलिकमको योजना अनुसार हालसम्म १० वटा टावर निर्माणको काम सकिएको निर्माण कम्पनी एस्टर टेलि सर्भिसेस नेपालका प्रोजेक्ट मेनेजर दुर्गेश कुमार झाले जानकारी दिए । झाका अनुसार बाम्राङ(मुडे),बराहपोखरी, खार्पा, बतासे, बुईपा, दिक्तेल १, दुवेकोलडाँडा, छितापोखरी, सावाकटहरे र चिसापानीमा टावरको काम सकिएको छ ।
खार्पा, बतासे, बुईपा, दिक्तेल–१ मा टावर र अर्थिङ दुवै काम सकिएको छ । बाम्राङ(मुडे), बराहपोखरी, दुवेकोलडाँडा, छितापोखरी, सावाकटहरे, चिसापनीमा टावरको काम सकिए पनि अर्थिङ गर्न बाँकी छ । अर्थिङका लागि जनशक्ति परिचालन गरिसकिएको झाले बताए । उनका अनुसार एकवटा टावरमा अर्थिङ गर्न दुई दिन लाग्छ ।
रुकुपाइ देविथानमा छठपछि काम सुरु गरिने जनाइएको छ । ऐसेलुखर्कमा विवाद आएकाले साइड परिवर्तन गरिएको र दिक्तेलबजारमा टावर राख्न जग्गा नमिलेकाले काम सुरु भएको छैन । जिल्लामा डेढ वर्ष पहिलेदेखी टावर निर्माणको काम सुरु गरिएको भए पनि लकडाउनले प्रभावित भएको थियो । निर्माण कम्पनीले पौषको तेश्रो हप्तामा सम्पूर्ण टावरको सकेर टेलिकमलाई बुझाउनुपर्नेछ ।
निर्माण कम्पनीले टावर टेलिकमलाई हस्तान्तरण गरेपछि विधुत जडान गरेर चाँडै टावर सञ्चालन गरिने नेपाल दुरसञ्चार शाखा कार्यालय खोटाङका प्रमुख खगेन्द्र बलम्पाकीले बताए । टेलिकमले दुर–दराजसम्म सेवा दिन नसक्दा फोन गर्नकै लागि सर्वसाधरणहरु डाँडाहरुमा धाउनुपर्ने, रुख चढ्नुपर्ने बाध्यता छ ।२०७७ कार्तिक २५ गते अपरान्ह ३ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology