• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मङ्सिरदेखि पर्यटकीय गतिविधि खुला हुन्छ : मन्त्री भट्टराई

मङ्सिरदेखि पर्यटकीय गतिविधि खुला हुन्छ : मन्त्री भट्टराई


समायोजन खबर
  • शुक्रबार, कार्तिक २१ २०७७

  • पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई ।

    समायोजन खबर खोटाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गरिने बताउनुभएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाउनुभएको हो ।

    मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमन वर्षका रुपमा अघि बढाइने छ भन्दै कोरोनाबाट बच्नका स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।

    यसैविच,मन्त्री भट्टराईले मङ्सिरदेखि काँगेलडाँडा विमानस्थल पुनःसञ्चालन गर्ने पनि जानकारी दिनुभयो । गत पाँच वर्षदेखि बन्द सो विमानस्थल सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी साताको एक दिन भए पनि उडान शुरु गरिने बताउनुभयो ।२०७७ कार्तिक २१ गते साँझ ७ :२५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology