• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमित ८३ लाख नाघे

भारतमा कोरोना संक्रमित ८३ लाख नाघे


समायोजन खबर
  • बिहिबार, कार्तिक २० २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर, भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ८३ लाख ६४ हजार नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन् ।

    मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५५ हजार ३३१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ५ लाख २७ हजार ९६२ रहेको छ । मन्त्रालयले हालसम्म कोरोना संक्रमितमध्ये ७७ लाख ११ हजार ८०९ जना संक्रमणमुक्त भएको जनाएको छ ।

    भारतमा हालसम्म कोरोना संक्रमितमध्ये १ लाख २४ हजार ३१५ जनाको मृत्यु भएको छ जसमा पछिल्लो २४ घण्टामा थप ७०४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर ११ करोड ४२ लाखभन्दा बढी नमूना परीक्षण गरिएको जनाएको छ । भारतमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको दर ९२ प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयले जनाएको छ ।२०७७ कार्तिक २० गते अपरान्ह ३ :१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology