• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार महासंघ पाँचथरको भवन निर्माण सम्पन्न

पत्रकार महासंघ पाँचथरको भवन निर्माण सम्पन्न


समायोजन खबर
  • सोमबार, कार्तिक १७ २०७७

  • नेपाल पत्रकार महासंघ पाँचथरको निर्माण सम्पन्न भवन ।

    समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासंघ पाँचथरको भवन निर्माण भएको छ । निर्माण सम्पन्न पश्चात भवन संचालनमा ल्याइएको छ ।भवन निर्माणको लागि १ करोड २९ लाख अठासी हजार रुपैया लगानीमा भवन निर्माण सम्पन्न भएको हो ।

    गत ०७६ जेठ बाट गोदार निर्माण सेवा प्रा।लि।ले आयोजनाको भवन निर्माण थालेको थियो । गत ०७७ वैशाखमा नै काम सक्नुपर्ने भएपनि लकडाउनको कारण कामदार नआएपछि ६ महिनाको म्याद थप गरी काम सकिएको महासंघले जनाएको छ ।

    भवन निर्माण पश्चात पत्रकारहरुलाई काम गर्न तथा छलफल,अन्र्तक्रिया,पत्रकार सम्मेलन जस्ता कार्यक्रम गर्न सहज हुने महासंघका पाँचथर अध्यक्ष लवदेव ढुंगानाले बताए।

    उनका अनुसार महासंघको भवन निर्माणका लागि प्रदेश १ सरकारले ७३ लाख ३८ हजार रुपैया,नयाँ शहर आयोजनाले ३० लाख रुपैया,फिदिम नगरपालिका,हिलिहाङ गाउँपालिका लगायत जिल्लाका अन्य सरकारी कार्यालयहरुको सहयोगमा भवन निर्माण गरिएको हो । महासंघको भवन भाडामा वस्दै आएको थियो । चाँडै भवनको उद्घाटन गरिने अध्यक्ष ढुंगानाले बताए।२०७७ कार्तिक १७ गते साँझ ७ :५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology