समायोजन खबर खोटाङ, खोटाङका थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षकमा कोरोना संक्रमण देखिएपछि कन्ट्रायक ट्रेसिङ अन्तर्गत संकलन गरिएको स्वावको पिसिआर परिक्षण गर्दा आज ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
कन्ट्रायक ट्रेसिङ अन्तर्गत गत बुधबार ६६ जनाको संकलन गरिएको स्वाव मध्येमा शुक्रबार २५ जनाको रिपोर्ट आउँदा ६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख तथा मेडिकल अधिकृत प्रविण झाले जानकारी दिए ।
मेडिकल अधिकृत झाका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका २७, ३२ वर्षीय, निर्मलीडाँडाका ३४ वर्षीय, लफ्याङकी ५० वर्षीया महिला, लफ्याङकै ५२ वर्षीय र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । ४० जनाको पिसिआर परिक्षण हुन बाँकी रहेको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या ४४ पुगेको छ । हालसम्म २७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २५ जना संक्रमित छन् । १५ जना कोरोना जितेर घर फर्केका छन् ।
यो पनि,कोरोनाका कारण सरकारी कार्यालय धमाधम बन्द
यो पनि पढ्नुहोस,दिक्तेलबजारमा खाद्यान्न, इन्धन र औषधि पसल मात्रै खोल्न पाइने
२०७७ कार्तिक १४ गते साँझ ५ : २२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology