समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरको केन्द्र तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा खाद्यान्न, इन्धन र औषधि पसल मात्रै खोल्न पाइने जनाएको छ । दिक्तेलबजार र नगरपालिकाको क्षेत्रभित्रका समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस्तो नीति ल्याएको हो ।
बिहीबार नगरप्रमुख दीपनारायण रिजालले विज्ञप्ति जारी गर्दै दिक्तेलबजारमा खाद्यान्न, इन्धन र औषधि पसल मात्रै खोल्न पाइने, नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैह्र निकाय लगायत सम्पूर्ण बैंक, वित्तिय संस्थाहरु आज ‐कार्तिक १३) देखी अर्को आदेश नभएसम्म बन्द गर्ने, अत्यावश्यक काममा बाहेक कोही पनि नागरिक हिडडुल नगर्ने, हिडडुल गर्नै परेमा मास्क प्रयोग गरी सामाजिक दुरी कायम गरेर हिडडुल गर्नुपर्ने जनाएको छ ।
यस्तै, नगर क्षेत्रभित्र सञ्चालन भएका यातायातका साधनहरु अत्यावश्यक काम भएमा मात्र सुचारु गर्ने, नगरपालिकाका मातहतका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालयहरु अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनिएका कुराहरु पालना गर्नमा अटेर गरेमा जो कोहीलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने नगरप्रमुख रिजालले बताए ।
कोरोना भाइरसबाट आफु बचौ र अरुलाई पनि बचाउँ भन्दै नगरपालिकाले दिक्तेलबजारमा दैनिक रुपमा माईकिङ पनि गरिरहेको छ । हालसम्म यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २० जना संक्रमित हुँदा १५ जना कोरोना जितेर घर फर्केका छन् अन्य उपचाररत छन् । ७५४ जनाको पिसिआर परिक्षण गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख तथा मेडिकल अधिकृत प्रविण झाले बताए । २०७७ कार्तिक १३ गते साँझ ७ :३५मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology