समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर ५७० जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार नेपालका कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । जसमध्ये १ लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् भने ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन् ।
मंगलबार १४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ । अहिले दुई हजार ९३२ जना क्वारेन्टिनमा छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई कोरोना संक्रमण देखिएको छ ।२०७७ कार्तिक ११ गते साँझ ५ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology