समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बडादशैमा नगरपालिकाको वडा नं. ११ राजापानीको भाडबेंशी र मंसिरेका स्थानीयलाई विजुली बत्ती उपहार दिएका छन् । उज्यालो नगरपालिका अभियान अन्तर्गत शुक्रबार फुलपातीका दिन धिपधिपे बत्तीलाई ईतिहासमा सिमित गर्दै केन्द्रीय प्रसारण लाइनको विजुली बत्ती बालिदिएको हो ।
नगरपालिकाको बजेट र नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा काम सम्पन्न भएपछि फुलपातीका दिन विजुली बत्तीको नगरप्रमुख इवन राईले उद्घाटन गरेका हुन् ।
२४ सै घण्टा बत्ती बलेपछि स्थानीयहरु हर्षित भएका छन् । अब स्थानीयहरुले कुटानीपिसानी गर्न, टिभी हेर्न, कम्प्युटर चलाउन, चार्जिङ गर्नेजस्ता कामहरु घरैमा बसेर गर्न सक्नेछन् ।
विजुली बत्तीको उद्घाटनपछि जनतासँगै खुशियाली बाँड्दै नगरप्रमुख राईले सामाजिक सञ्जालमा लेखेका छन्, “तपाईको खुशी नै हाम्रो खुशी हो, अनि त हाँस्यौ सबै ।” विधुतीय उपकरणहरुको उपयोगबाट भाडबेंशी र मंसिरेका स्थानीयहरुको जीवन सरल, सहज र व्यवस्थित बनेर आयआर्जनमा टेवा पुग्नेछ । राईले थप्छन्, ‘केन्द्रीय प्रसारण लाइनको बत्ती बलेसँगै अव धिपधिपे बत्ती ईतिहासमा सिमित भएको छ ।’
११ वटा वडा रहेको नगरपालिकालाई उज्यालो नगरपालिका बनाउने लक्ष्य राखेर यस नगरपालिकाले वडा नं. १ बाहुनीडाँडा र वडा नं. २ डिकुवामा तीव्रगतीमा विधुतीकरणको काम गरिरहेको छ । बाँकी अन्य वडाहरुमा प्राविधिक कारण बाहेक सबैमा बत्ती विस्तार गरी बालिसकेको छ ।२०७७ कार्तिक ८ गते बिहान ८ : ५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology