समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ८६३ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६६८ छ। योसँगै हालसम्म १ लाख ५ हजार ४८८ जना निको भएका छन्।
आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। ।पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८२९ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ७२० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३५७ , ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनालाई कोरोना संक्रमण देखिएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८२९ पुगेको छ ।२०७७ कार्तिक ७ गते साँझ ५ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology