• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना सङ्क्रमित महिलाको मृत्यु

कोरोना सङ्क्रमित महिलाको मृत्यु


समायोजन खबर
  • बिहिबार, कार्तिक ६ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

    मृत्युहुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उहाँको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना हुनुभएका उहाँलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

    उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।२०७७ कार्तिक ६ गते बिहान ११ :२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology