• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बगरेभन्ज्याङमा २७ मिटर अग्लो पेनटावर

बगरेभन्ज्याङमा २७ मिटर अग्लो पेनटावर


समायोजन खबर
  • बिहिबार, कार्तिक ६ २०७७

  • बगरेभन्ज्याङमा निर्माण भइरहेको पेनटावर । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ, पर्यटकीय गन्तब्यको रुपमा विकसीत भइरहेको बगरेभन्ज्याङमा दृश्यावलोकनका लागि २७ मिटर अग्लो पेन टावर‐डटपेन आकारको) निर्माण  भइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नम्बर ६ नेर्पा, वडा नम्बर १० पोथका र वडा नम्बर ११ खार्मीको सिमाना बगरेभन्ज्याङमा पेनटावर बनाइरहेको हो ।

    प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर मनोरम डाँडामा गोलो आकारमा निर्माणाधिन ६ तल्ला टावरको काम ८० प्रतिशत सकिएको छ । नगरपालिकाको ७२ लाख बजेटमा रावा निर्माण सेवाले निर्माण गरिरहेको टावरमा अब टुप्पोमा पेनको आकार निकालेर फिनिसिङको काम र शौचालय निर्माण गर्न बाँकी रहेको रावा निर्माण सेवा प्रालिका साईड इन्चार्ज नेत्र गुरुङले बताए । उनीहरुले पौष मसान्तमा टावरको काम सकेर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ ।
    नगरपालिकाले ११ वटा पर्यटकीय गन्तब्यस्थल बनाउने उद्देश्यले तयार पारेको गुरुयोजना अन्तर्गत बगरेभन्ज्याङमा निर्माण भइरहेको पेनटावरलाई निक्कै महत्वपुर्णका साथ हेरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए । पेनटावर सञ्चालनमा आएपछि धेरैभन्दा धेरै पर्यटक भित्र्याएर प्राकृतिक हिसाबले प्रवद्र्धन गर्ने र आन्तरिक राजस्व बृद्धि गरेर नगरपालिकालाई सहयोग पुग्ने नगरप्रमुख रिजालले बताए । टावर चढ्नका लागि केही शुल्क तोकिनेछ ।

    निर्माणाधिन पेन टावरबाट उत्तरतर्फ ६ वटा हिमाल र मनोरम पहाडी दृश्यहरु सजिलै अवलोकन गर्न सकिनेछ । पेनटावरसँगै एकैपटकमा १ हजार जना अट्ने पिकनीङ स्थल पनि बनिरहेको छ । टावर र पिकनीङ स्थलदेखी केही तल कृतिम ताल पनि निर्माण भइरहेको छ । ‘रुरु ताल’ नाम दिइएको उक्त तालमा भविष्यमा डुंगा शयर गर्न मिल्नेछ । ३५ लाखमा पिकनीक स्थल र ४५ लाखमा ताल निर्माण भइरहेको छ ।

    सदरमुकाम दिक्तेलबाट करीब १६ किलोमिटर टाढा रहेको उक्त स्थानमा तीनै किसिमको पर्यटकीय संरचना निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि दिनमा सयौं आन्तरिक पर्यटक घुम्न आउने र वर्षमा लाखौं आम्दानी हुनेमा विश्वस्त रहेको नगरप्रमुख रिजालले दावि गरे । पर्यटकीय गन्तब्यको रुपमा क्रमिकरुपमा विकास भइरहेको बगरेभन्ज्याङले आगामी दिनमा स्थानीयलाई व्यापार, व्यवसाय गरेर जिविकोपार्जनमा पनि सघाउ पुग्नेछ ।रुरु ताल

    त्रि–धार्मिकस्थल हलेसीमा आउने पर्यटकलाई बगरेभन्ज्याङसम्म ल्याउनका लागि नगरपालिकाले हलेसीमा स्थापना गरेको सूचना केन्द्र अहिलेदेखी नै प्रचारप्रसारमा लागि परेको छ । नगरको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्दै प्रवद्र्धनमा टेवा पु¥याउन यसअघि नगरपालिकाले हलेसीमा सूचना केन्द्र स्थापना गरिसकेको छ । सूचना केन्दले हलेसी आएपछि दिक्तेलसम्म पुगेर रमणियस्थल र ऐतिहासिक स्थलहरुको भ्रमण, अवलोकन गर्न पर्यटकलाई सन्देश दिने काम गर्दै आएको छ ।
    कसरी पुग्ने बगरेभन्ज्याङ
    खोटाङको सदरमुकाम दिक्तेलबजार पुगेपछि गाडी तथा मोटरसाइकलबाट बगरेभन्ज्याङ सजिलै पुग्न सकिन्छ । रत्नपार्क‐जिरोप्वाइन्ट)बाट करीव १६ किलोमिटर टाढा रहेको बगरेभन्ज्याङ पुग्न सोल्मा, तालखर्क कच्ची सडक हुंदै जानुपर्छ ।

    बगरेभन्ज्याङमा मनै लोभ्याउने पर्यटकीय गन्तब्यस्थल बनिरहंदा त्यहाँसम्म पुग्ने सडक कालोपत्रे गर्नका लागि डिपिआर भइसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिए ।
    यी हुन नगरपालिकाको ११ वटा पर्यटकीय गन्तब्यस्थल
    नगरपालिकाले रुपाकोट डाँडा, मझुवागढी, मझुवा कालिका भगवती/बुधेश्वर महादेव मन्दिर, साप्सुढाप, भुलभुले दुधकुण्ड–रुवालुङ झरना, महुरेगढी आँखापोखरी, सीतादेवी मन्दिर बुईपा, सहदेउगढी विजयखर्क, यलम्बर पार्क, बगरेभन्ज्याङ, तिप्सालिम्चुङपार्क अल्छेढुंगालाई ११ वटा पर्यटकीय गन्तब्यस्थल बनाएको छ ।२०७७ कार्तिक ६ गते बिहान ७ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology