समायोजन खबर खोटाङ, नेपालमा कोरोना भाइरसका ३१६७ जना सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा १७४६ जना संक्रमित थपिएका छन्। शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्कमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार १६७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २९ हजार ३०४ पुगेको छ । हाल ३८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८९ हजार ८४० सङ्क्रमित निको भएर घर फर्केका छन् ।
यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ ।२०७७ कार्तिक १ गते साँझ ६ : ३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology