• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन हजार ७४९ जनामा कोरोना सङ्क्रमण

तीन हजार ७४९ जनामा कोरोना सङ्क्रमण


समायोजन खबर
  • बिहिबार, असोज २९ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनुभएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार ५१८ पुगेको छ । आज १६ हजार ५९८ पिसिआर परीक्षण गरिएको छ ।

    यसैगरी काठमाडौँमा एक हजार ६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी काठमाडौँ उपत्यकामा आज एक हजार ९३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । मुलुकभर संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहनुभएको मन्त्रालयले जनाएको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८२५ जना रहनुभएको छ । कोरोना सङ्क्रमित मध्ये ६८ जनाको भेन्टिलेटरमा र ३१४ जनाको आइसियुमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।२०७७ असोज २९ गते राती ८ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology