• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गाँजा प्रशोधन गर्ने मेसिनसहित दुई पक्राउ

गाँजा प्रशोधन गर्ने मेसिनसहित दुई पक्राउ


समायोजन खबर
  • बिहिबार, असोज २९ २०७७

  • पत्रकार सम्मेलनमा जानकारी गराउर्दै प्रहरी ।

    समायोजन खबर खोटाङ, खोटाङमा गाँजा प्रशोधन गर्ने मेसिन, लागूऔषध गाँजा र सुर्तीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्ताका २१ वर्षीय सुवास राई र सोही स्थान बस्ने २३ वर्षीय अविन नेपाली छन् ।

    बाहुनीडाँडा बयक्ता वस्ने राईको घरमा गाँजा तथा सुर्ती अवैध रुपमा बिक्रि वितरण गर्ने गरेको भन्ने आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षकको कमाण्डमा खटेकोे संयुक्त प्रहरी टोलीले बुधबार साँझ उनीहरु दुईलाई गाँजा, गाँजा प्रशोधन गर्ने मेसिन र कर छली गरेको सुर्तीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरीयाले जानकारी दिए ।

    बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दैे उनीहरुको साथबाट ७ केजी गाँजा, १५ बोरामा प्याकेट बनाएको भाले ब्राण्ड सुर्ती २ बोरामा खुल्ला रुपमा भएको सुर्र्ती, २ बोरामा चुना, १ बोरा सुर्ती प्याक पार्ने प्लाष्टिक, फलामको दाउ १ थान, १ सेट गाँजा बनाउन प्रयोग गरिने मेसिन, महादेव छाप लेखेको विभिन्न कलरको स्टिकर २ बोरा र १ थान अचानो बरामद गरिएको प्रनाउ चिमरीयाले बताए ।

    लागुऔषध गाँजा तथा कर छली भएको सुर्र्ती ओसारपसारमा संलग्न दुबैमाथि लागूऔषध र राजस्व तथा करछली अन्तरगतको कारबाही प्रकृया अघि बढाइएको प्रनाउ चिमरियाले बताए । बरामद भएको गाँजा र सूर्तीजन्य पदार्थ कारबाहीका लागि करदाता सेवा कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।२०७७ असोज २९ गते साँझ ७ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology