समायोजन खबर खोटाङ, इरानमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २५१ सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भएको बताउनुभयो ।
आइतबार अधिकारीहरूले दिएको तथ्याङ्कमा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या तीन हजार ८२२ रहेको र अहिलेसम्म कूल पाँच लाख ७५ जना सङ्क्रमित भएको उल्लेख छ ।
इरानमा अहिलेसम्म निको हुने व्यक्तिको सङ्ख्या चार लाख छ हजारभन्दा बढी रहेको र चार हजार ४८२ जना सघन उपचार कक्षमा भर्ना भई चिकित्सकबाट उपचार सेवा लिइरहेको बताइएको छ ।
हाल इरानका ३१ प्रान्तमध्ये २६ प्रान्तमा कोभिड–१९ सङ्क्रमणले महामारीको रूप लिएको उल्लेख प्रवक्ता लारीले गर्नुभयो । इरानमा पहिलो कोभिड–१९ विरामी गत फेब्रुअरी १९ मा पुष्टि भएको थियो । इरान र चीनबीच सङ्क्रमण नियन्त्रणका लागि आपसी सहयोग आदानप्रदान हुँदै आएको छ ।२०७७ असोज २५ गते राती ८ :४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology