• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अहिले जनतालाई सचेत गराउनु पहिलो प्राथमिकता हो

अहिले जनतालाई सचेत गराउनु पहिलो प्राथमिकता हो


समायोजन खबर
  • आइतबार, असोज २५ २०७७

  • केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्ण कुमार राई ।

    समायोजन खबर खोटाङ, नेपालमा कोरोना भाइरस समुदायस्तरमा फैलिरहेको छ । महत्वपूर्ण चाडबाडहरु नजिकिदो छ । चाडबाडका अवसरमा गाउँभन्दा बाहिर रहेकाहरु दशै, तिहार मनाउन धमाधम गाउँ फर्कन थालेका छन् । एकातिर कोरोना भाइरसले त्रायीमाम बनाइरहेको छ । अर्कोतिर चाडबाडले छोपिरहेको छ ।

    चाडबाड मनाउन आएकाहरुमध्येमा कोही कसैमा कोरोना भाइरसको संक्रमण देखिएमा त्यो सिंगो परिवारसम्म पुग्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसवर्षको चाडबाड जहाँ हुनुहुन्छ त्यही मनाउन पनि आग्रह गरेको छ ।

    तर, पनि मानिसहरु चाडबाड मनाउन धमाधम गाउँ फर्कन थालेका छन् । यसबाट समुदाय अनि परिवार कती सुरक्षित हुन्छ, यसबाट सुरक्षित हुन कस्ता उपायहरु अपनाउने ? यो महामारीको समयमा स्थानीय सरकारहरु के गर्दैछ ? यहि विषयमा समायोजन खबर डटकमले केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईसँग गरेको कुराकानीको संम्पादित अंश ।
    चाडबाड लागेसँगै धेरै संख्यामा मानिस भित्रदै छ । तपाईहरु चाँहि के गर्दै हुनुहुन्छ ?
    कोरोना भाइरस नियन्त्रण गर्नका लागि पहिलो कुरा त सकेसम्म जनतालाई सचेत गराउने नै हो । एकातिर प्रमुख चाडबाड आइरहेको छ । अर्कोतिर यो महामारी छ । यस्तो परिस्थितीमा बाहिर भएकाहरुलाई गाउँपालिका नआउनुस भन्न त मिलेन । भिडभाड हुने गतिविधिहरु नगर्न/नगराउन नै भन्ने हो ।

    अहिलेको अवस्थामा भन्नुपर्दा सबैभन्दा पहिला जनतालाई सचेत गराउने र वडाध्यक्षहरुबाट वडामा कोको आएको छ । यहाँहरुलाई अनिवार्य होम क्वारेन्टीनमा राख्ने काम गरेका छौ/गर्छौ ।
    कोरोना प्रभावित क्षेत्रबाट मानिसहरु आइरहेका छन् । उहाँहरुलाई तपाईहरुको सुझाव/सन्देश के हो ?
    उहाँहरु पालिकाभित्र आउनुभन्दा पहिला सकभर पिसीआर परिक्षण गराएर आउँदा राम्रो हुन्छ । यदि आपतविपतमा नै आउनुपर्ने बाध्यता भयो भने पालिकालाई सम्पर्क गरेर होम क्वारेन्टीनमा बस्नुहोस । होम क्वारेन्टीनमा १५ दिनसम्म बसेर सहयोग गर्नुहोस, सामाजिक दुरी कायम गर्नुहोस, कोरोनाबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य मापदण्डहरु पालना गर्नुहोस भन्ने नै हाम्रो सुझाव/सन्देश हो ।
    चाडबाडसँगै कोरोना भाइरस समुदायमा यत्रतत्र फैलने खतरा देखियो नि ?
    समुदायस्तरमा कोरोना भाइरस त पसेको छ । अब यसलाई नियन्त्रण गर्नका लागि पालिकामा आइसोलेसन, क्वारेन्टीन बनाएका छौ । यदि कोही कोरोना पोजेटिभ भेटियो भने आइसोलेसनमा राख्ने, पिसीआर परिक्षणको दायरा बढाउने, शंकास्पद मानिसको तुरुन्त पिसीआर परिक्षण गराउने, आइसोलेसनमा राख्ने, अस्पतालसम्म लैजानेजस्ता कामहरु गर्छौ ।
    पछिल्लो समय कोरोनासँग लड्न के तयारी छ ?
    नयाँ तयारी त खासै छैन । पूरानै तयारीहरु छ । कोरोना नियन्त्रणमा खट्न कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई चुस्तदुस्त राखेका छौ । हामीहरुसँग भएको जनशक्तिलाई कुनै कसर बाँकी नराखी परिचालन गर्ने तयारी छ । नयाँ नौलो तयारी खास छैन ।
    कोरोना कहरका कारण स्थानीय सरकारको कामकाजमा कतीको असर पुग्यो ?
    कोरोनाका कारण धेरै असर परिरहेको छ । बजेटिङका कुराहरु छ । अब हुने कार्यक्रमहरु पनि समयमा नहुने स्थिती छ । बिकासे गतिविधि, शिक्षा, स्वास्थ्य लगायत सबैमा असर पुगेको छ । समग्रमा भन्नुपर्दा सबै क्षेत्रमा कोरोनाले नराम्ररी असर पु¥र्याएको छ ।२०७७ असोज २५ गते बिहान ९ :१४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology