समायोजन खबर खोटाङ, सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिनुभयो ।
बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उहाँको काठमाडौंमा कोरोना पोजिटिभ देखिएको रुपनी–१ का सन्तोष यादवले जानकारी दिनुभयो । काठमाडौंँ मेडिकल कालेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् । यससँगै सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २० जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षकको कार्यभार सम्हाल्न आउनु भएका ३६ वर्षीय पुरुषसहित पाँच जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि सरुवा भएर काठमाडौं जानु भएका प्रनाउ कोरोना सङ्क्रमणबाट मुक्त भएपछि नयाँ प्रनाउ राजविराज आउनु भएको हो ।
यसैगरी आज अन्य सङ्क्रमित हुनेमा राजविराज नगरपालिका– १ का ५६ वर्षीय, राजविराज वडा नखुलेको ५६ वर्षीया र ६५ वर्षीय तथा सुरुङ्गा नगरपालिकाको वडा नखुलेका ४५ वर्षीय सङ्क्रमित भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । योसँगै जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ३६३ पुगेको छ । ती मध्ये १ हजार १०३ जना निको भएका छन् । हाल जिल्लामा सक्रिय सङ्क्रमित २ सय ४० जना रहेका छन् ।२०७७ असोज २३ गते राती ८ :३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology