• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ : प्रधानमन्त्री

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ : प्रधानमन्त्री


समायोजन खबर
  • बिहिबार, असोज २२ २०७७

  • केपी शर्मा ओली

    समायोजन खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताउनुभएको छ । न्युयोर्कमा जारी संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका पाश्र्वमा जलवायु परिवर्तनका अकल्पनीय नकारात्मक प्रभाव समूल नष्ट हुनुपर्ने अवधारणाका साथ बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाका अध्यक्षतामा बुधबार अपराह्न भएकोे ‘जलवायु संवेदनशील नेतृत्व मञ्च’ (सिभिएफ)को बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्ने क्रममा उहाँले राजनीतिक सिमानाभन्दा धेरैपरसम्म जलवायु परिवर्तनको प्रभाव परेको वास्तविकता औँल्याउँदै जलवायु परिवर्तनका दुष्प्रभावबाट विश्वलाई जोगाउने कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुुभयो ।

    जलवायु परिवर्तनका कारण समुद्री सतहको वृद्धि, हिमनदीको बढ्दो पग्लँदोक्रम र विश्वतापक्रममा भइरहेको बढोत्तरीले मानव अस्तित्व नै सङ्कटमा परेको जनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कथनीलाई करणीमा रुपान्तरण गर्ने बेला हो यो ।’

    पेरिस सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयन, जलवायुसम्बन्धी सुदृढ प्रतिकार्य तथा जलवायु वित्तको सहज पहुँचका लागि आह्वान गर्दै उहाँले दृष्टान्त बनेर अरुलाई जलवायु प्रतिकार्यका कार्यक्रममा अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । उच्च प्रदूषकहरुको मौनतातर्फ लक्ष्यित गर्दै उहाँले राजनीतिकभन्दा जलवायु परिवर्तनका विषयलाई उच्च प्राथमिकता दिएर अघि बढ्नु आगामी वर्षका लागि तयारी गरिएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप २६) का सन्दर्भमा सामयिक हुने अवधारणा प्रस्तुत गर्नुभयो ।

    जलवायु परिवर्तनका दृष्टिले अतिसंवेदनशील राष्ट्रहरुलाई जलवायु परिवर्तनका प्रभाव घटाउने प्रतिकार्यका लागि वित्तीय स्रोत, वहन गर्न सकिने प्रविधि, कार्यान्वयनसम्भव अनुकूलन र गाम्भीर्य न्यून गर्ने कार्यक्रममा पहुँच वृद्धि अपरिहार्य भएको बताउँदै उहाँले कोभिड–१९ को महामारीले मानवजीवन र अर्थतन्त्रलाई तहसनहस पारेका बेला हरित एवम् दिगो स्वस्थ अर्थतन्त्रको प्रवद्र्धनका निम्ति राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरमा ऐक्यबद्ध भएर साझा योजनाका साथ अघि बढ्नुपर्ने अभिमत प्रकट गर्नुभयो ।

    कार्बन उत्सर्जन घटाउने राष्ट्रिय योगदानमा नेपाल प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । “जीवनसँग जोडिएको प्रश्न भएकाले जलवायु परिवर्तनका राजनीतिक खिचातानी त्यागेर अब समय व्यतीत नगरी दिगो समाधानका साझा योजना तर्जुमा गरौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । सिभीएफको अध्यक्षका रुपमा बङ्गलादेशले उक्त बैठक आयोजना गरेको हो ।२०७७ असोज २२ गते दिउँसो २ :३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology