• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारी टोली र डा केसीका प्रतिनिधिबीच वार्ता सुरु

सरकारी टोली र डा केसीका प्रतिनिधिबीच वार्ता सुरु


समायोजन खबर
  • बिहिबार, असोज २२ २०७७

  • डा. गोविन्द केसी । फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, सरकारी वार्ता टोली र प्रा.डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । वार्ता टोली गठन भएको भोलीपल्ट बिहीबार (आज) दुई टोलीबीच औपचारिक वार्ता सुरु गरेको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार साढे १० बजेबाट शिक्षा मन्त्रालयमा वार्ताका सुरु भएको हो ।

    बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य हुनुहुन्छ ।

    हिजोनै डा. केसीको तर्फबाट डा. अंजनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल चार सदस्यीय समिति गठन भएको थियो । केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको हो ।

    भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गर्नुभएको केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। असोज ६ गते काठमाडौं ल्याइएपछि केसी त्रिवि शिक्षण अस्पतालमा अनशनरत हुुनुहुन्छ ।२०७७ असोज २२ गते दिउँसो १ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology