• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु

उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु


समायोजन खबर
  • बुधबार, असोज २१ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, वलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नं ९ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

    अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज बिहान जारी गरेको विज्ञप्तिमा सङ्क्रमण पुष्टि भएपछि यही असोज १६ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका ७६ वर्षीय पुरुषको गए राति करीब १२ः५० बजे मृत्यु भएको जनाइएको छ । उनमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचाप, मधुमेह, दमलगायत समस्या रहेको विज्ञप्तिमा जनाइएको छ ।

    यस्तै असोज १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी कोरोना सङ्क्रमित महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको डा गौतमले जानकारी दिनुभयो । ती महिलामा ज्वरो, सुख्खा खोकी, उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

    यस्तै दाङको राप्ती गाउँपालिका वडा नं ८ की कोरोना सङ्क्रमित ७१ वर्षीया महिलाको मङ्गलबार साँझ ६.३० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । ती महिलालाई असोज १७ गते कोरोना पुष्टि भएको र होम आइसोलेशनमा बसेका अवस्थामा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि मङ्गलबार नै प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।२०७७ असोज २१ गते दिउँसो १ :४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology