• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यलम्वर संगीत ६ : पहिलो चरणवाट ५० प्रतिभा छनौट

यलम्वर संगीत ६ : पहिलो चरणवाट ५० प्रतिभा छनौट


समायोजन खबर
  • सोमबार, असोज १९ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, यलम्वर संगीत प्रतियोगिताको छैंटौं संस्करणअन्तर्गत पहिलो चरणको छनौट सकिएको छ । अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरिएको प्रतियोगिताको पहिलो चरणवाट ५० जना किरात राई गायन प्रतिभाहरु छानिएका छन् ।

    किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले आयोजना गर्दै आएको यस श्रृंखलामा पहिलो चरणमा १० देशका २ सय १३ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । सो मध्येवाट ५० जना छनौट गरी संस्थाको आधिकारिक युट्युव च्यानल किरात राई कलाकारवाट सार्वजानिक गरिएको प्रतियोगिताको प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ राईले वताए । प्रतियोगिताका लागि गत भदौ–२५ देखि गीत पठाउन सकिने व्यवस्था मिलाईएको थियो ।
    साप्ताहिक रुपमा छनौट गरी प्रतियोगीहरुलाई उत्कृष्ट १० मा सिमित गर्दै अन्तिम चरणको प्रतिस्पर्धा गराईने आयोजकले सार्वजानिक गरेको नियममा जनाईएको छ । प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैंयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने जनाईएको छ ।२०७७ असोज १९ गते बिहान ७ :५६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology