समायोजन खबर खोटाङ, जापानमा आइतबार थप ३९७ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार ८४७ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यो तथ्याङ्कमा सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा योकोहोमा पुगेका ७१२ सङ्क्रमितको सङ्ख्या समावेश गरिएको छैन । जापानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या पानी जहाजका १४ सहित एक हजार ६१३ पुगेको छ ।
जापानमा आइतबारसम्ममा गम्भीर विरामीको सङ्ख्या १३३ रहेको छ । उनीहरूमध्ये केहीलाई भेन्टिलेटरको सहयोग उपलब्ध गराइएको छ भने केहीलाई सघन कक्षमा राखी उपचार सेवा प्रदान गरिराखिएको छ ।
जापानको सङ्क्रमणको केन्द्रविन्दु राजधानी टोकियोमा आइतबार १०८ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको छ । राजधानीमा लगातार छैठौँ दिन १०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । जापानको राजधानी टोकियोमा ४७ प्रशासकीय क्षेत्रमध्ये सबैभन्दा बढी कूल २६ हजार ४८४ सङ्क्रमित भएका पुष्टि भएको छ । जापानले विदेशीहरूका लागि अक्टोबर १ देखि प्रवेशमा सहज बनाएको छ । यद्यपि पर्यटक आवागमनलाई भने अझै अस्वीकार गरिएको छ ।२०७७ असोज १८ गते राती ८ :२५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology