• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

२४ घण्टामा २२५३ जनामा कोरोना, उपत्यकामा थपिए १५९९ जना संक्रमित

२४ घण्टामा २२५३ जनामा कोरोना, उपत्यकामा थपिए १५९९ जना संक्रमित


समायोजन खबर
  • आइतबार, असोज १८ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो ।

    उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

    यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित भेटिएको छ । योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    २४ घण्टामा १ हजार ३२९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हजार पुगेको छ । देशभर २२ हजार २१९ जना सक्रिय संक्रमित छन्।२०७७ असोज १८ गते दिउँसो ४ :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology