• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतमा नौ लाख ६० हजार जना अझै पनि सङ्क्रमित अवस्थामै

भारतमा नौ लाख ६० हजार जना अझै पनि सङ्क्रमित अवस्थामै


समायोजन खबर
  • शनिबार, असोज १० २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर, भारतमा कोरोना भाइरसबाट कूल सङ्क्रमितमध्ये नौ लाखभन्दा बढी अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन् ।

    भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कूल ५९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

    भारतमा कोरोनाकै कारणले अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या ९३ हजार ३७९ पुगेको छ । तीमध्ये एक हजार ८९ सङ्क्रमितको पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएको हो ।

    कोरोना भाइरबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भारतमा ४८ लाख ४९ हजार ५८५ रहेको छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ भने त्यसपछि क्रमशः कर्नाटक, अन्द्र प्रदेश, उत्तर प्रदेश र तमिल नाडु अग्रस्थानमा रहेका छन् ।

    भारतको मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म सात करोड दुई लाख ६९ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएको छ ।२०७७ असोज १० गते साँझ ५ :४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology