• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भरतपुर अस्पताल डुबानमा

भरतपुर अस्पताल डुबानमा


समायोजन खबर
  • बिहिबार, असोज ८ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, भरतपुर अस्पताल डुवानमा परेको छ । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवनका विभिन्न कक्ष र अस्पताल वरपरको भाग डुवानमा परेको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालको आकस्मिक, अब्जरबेसन, स्टोर, स्पाईनर ईन्जुरीलगायतका कक्षमा पानी पसेको छ । ती कक्षका बेडहरुमा बिरामी भएपनि कोठामा पानी भरिएको छ । पानीले के कति क्षति पु¥यायो भन्ने एकिन हुन नसकेको उहाँले बताउनुभयो ।

    अस्पताल वरिपरि पानीको तलाउ बनेपछि आवतजावतमा कठिनाई भएको छ । पानीको उचित निकास नहुँदा अस्पताल वरपर वर्षेनी डुवानको समस्या हुने भएपनि अस्पताल भित्रै पस्ने समस्या भने कम थियो । चार वर्ष अघि स्टोर कक्षमा पानी पसेको भएपनि बिरामी राखिएकै ठाउँमा पानी पसेको थिएन ।

    अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सबैतिर पानी भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भईरहेको बताउनुभयो । अस्पतालमा धेरै कोभिडका बिरामी हुने भएकाले अन्य बिरामीका लागि सीमित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो “जेनेरेटर लगाएर पानी फाल्दा पनि फाल्ने ठाउँ छैन । ” पानी पर्न नरोकिएसम्म विकल्प निकाल्नै कठिन भएको अधिकारीले जानकारी दिनुभयो ।

    वर्षेनी सो क्षेत्रमा डुवानको खतरा हुने भएकाले ढल निकासका लागि र खानेपानीका लागि खानेपानी तथा सरसफाई मन्त्रालयमा अनुरोध गरिएको छ । अधिकारीका अनुसार करिब रु. १२ करोड खर्च लाग्ने भएकाले मन्त्रालयमा अनुरोध गरिएको छ । अस्पतालसँगै यस क्षेत्रको प्रायः सबै सरकारी कार्यालय डुवानमा परेका छन् । भतरतपुर महानगरपालिका वडा नं. १०, ११, १२ र ७ का धेरै क्षेत्र जलमग्न भएका छन् ।२०७७ असोज ८ गते साँझ ५ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology