• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डा. केसीको उपचारलाई आठ सदस्यीय चिकित्सक टोली

डा. केसीको उपचारलाई आठ सदस्यीय चिकित्सक टोली


समायोजन खबर
  • मंगलबार, असोज ६ २०७७

  • डा. गोविन्द केसी । फाइल तस्विर ।

    समायोजन खबर, अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन गरेको छ ।

    उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको संयोजकत्वमा आठ सदस्यीय टोली गठन गरिएको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.सन्तोष पौडेलले जानकारी दिनुभयो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्ले सोमबार जुम्ला हुँदै नेपालगञ्जबाट ल्याइएका डा. केसीको स्वास्थ्य उपचार गर्नका लागि आज टोली गठन गरेको हो । टोलीमा डा. मुकेश शर्मा पौडेल, डा. अनन्तभक्त उप्रेती, डा. अनिल बराल, डा. जितेन्द्रकाजी श्रेष्ठ, डा. सुजिता मानन्धर, डा. घनश्याम थापा र डा. हरिहर खनाल रहनु भएको छ ।

    उपचारका लागि डा. केसी वीर अस्पतालमा आएपनि कोभिड १९ को डेडिकेटेड अस्पतालका रुपमा वीरलाई अहिले रुपान्तरण गरेपछि सेन्टरमा उहाँको उपचारका लागि ल्याइएको छ । उहाँको उपचार गर्न गठित चिकित्सकको टोलीले स्वास्थ्य उपचार गर्न खोज्दा नमानेको सेन्टरका डा.पौडेलले जानकारी दिनुभयो ।२०७७ असोज ६ गते राती ८ :०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology