• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

घुम्न जाने हैन ‘बाहाने पोखरी’

घुम्न जाने हैन ‘बाहाने पोखरी’


समायोजन खबर
  • शनिबार, असोज ३ २०७७

  • ऐंसेलुखर्क गाउँपालिका–१ राखावाङदेलमा अवस्थित बाहाने पोखरी ।

    चिसाङ शेर्पा खोटाङ, पर्यटकीयस्थल ‘बाहाने पोखरी’ खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ राखावाङदेलमा पर्छ । मुहान नदेखिए पनि बाह्रैमास पानी हुने र कहिल्यै पानी नसुक्ने ऐतिहासिक पोखरी करीब २ सय मिटर क्षेत्रफलमा फैलिएकोे छ ।

    पोखरीको संरक्षण गर्दै ऐसेलुखर्क गाउँपालिकाले पोखरीलाई पर्यटकीय गन्तब्यका रुपमा बिकास गरेको छ । उपत्यकाजस्तो ठाउँमा अवस्थित यस पोखरीमा जो कोहि पुगेपछि बेग्लै सुखानुभूत गर्दछ ।गाउँपालिकाको पर्यटकीय शान बनेको ‘बाहाने पोखरी’को प्रचारप्रसार र संरक्षणका लागि गएको फागुन १३ गतदेखी १५ गतेसम्म गाउँपालिकाले यहाँ ‘बाहाने पोखरी’ महोत्सब मनाएकोे थियो ।

    परापुर्वककालदेखी नै पहिचान भएको पोखरी ठ्याक्कै कहिले पत्ता लागेको भन्ने अझै यक्किन भएको छैन । पोखरीमा जनैपूर्णिमा, मंसिर पूर्णिमामा धामी झाँक्री आउने, भाकल गरेका दर्शनार्थीहरु आउने र ठूलो मेला लाग्ने गर्दछ ।पोखरी वरपर प्रत्येक नयाँ वर्षमा ठूलो संख्यामा युवायुवतीहरु पिकनिक जाने गरेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताउनुभयो । पोखरी आसपासमा शंख ढुंगा, नाग ढुंगा, स्तुपा, फलैचा, ठूल्ठूला चउरहरु र केही माथि अन्य आकृतिका संरचनाहरु रहेको छ । पोखरी आसपासका स्थानीयहरुले चौरी र भेडाहरु पाल्ने गरेकाले आन्तरिक तथा वाह्य पर्यटक तान्न सघाउ पुग्ने गरेको छ ।

    गाउँपालिकाको केन्द्र ऐसेलुखर्क गाउँपालिकाबाट पोखरीसम्म पुग्नलाई गाउँपालिकाले ग्रामिण सडक विस्तार गरिसकेको छ । पोखरीलाई अझ झकिझकाउ बनाई पर्यटक तानेर आयआर्जन बढाउनमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष निरौलाले बताउनुभयो ।

    मनमोहक पोखरीबाट खोटाङको अधिकांश स्थान र छिमेकी जिल्लाहरु अवलोकन गर्न सकिन्छ ।२०७७ असोज ३ गते अपरान्ह ४ :३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology