समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै दिन कोरोना सङ्क्रमित देखिएको यो अहिलेसम्मकै उच्च रहेको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६१ हजार ५९३ जना पुगेको छ ।
एघार दिन अघि सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४५८ जनाको पिसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमित पुरुष एक हजार ३८१ तथा महिला ६३९ रहेका छन् ।
हालसम्म ४३ हजार ८२० जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उहाँले बताउनुभयो । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म ८ लाख ९४ हजार जनाको पिसीआर गरिएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, सुनसरी, मकवानपुर, रुपन्देही र चितवन रहेका छन् ।
यस्तै हाल सङ्क्रमित नै नरहेका जिल्लामा रसुवा, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका छन् । हाल १७३ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३६ सङ्क्रमितलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ३८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ९ हजार २९५ जना संस्थागत आइसोलेशनमा तथा ८ हजार ८८ सङ्क्रमित होम आइसोलेशनमा बस्दै आएका छन् ।
उपत्यकामा ८५९ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८५९ जना कोरोना सङ्क्रमित थपिएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । ती मध्ये काठमाडौँका ६९८, ललितपुरका ८२ तथा भक्तपुरका ७९ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या १५ हजार २३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष तथा दुई महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ३९० पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुनेमा मोरङका ६६ वर्षीय दुई पुरुष, काठमाडौँकी ८५ वर्षीया महिला, काठमाडौँकै ८८ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुष रहेका छन् ।२०७७ असोज २ गते राती ८ :१७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology