• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एकैदिन एक हजार ५३९ जनामा कोरोना

एकैदिन एक हजार ५३९ जनामा कोरोना


समायोजन खबर
  • बुधबार, भाद्र ३१ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, गत २४ घण्टामा एक हजार ५३९ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या जम्मा एक हजार ६८ रहेको जानकारी दिनुभयो ।

    गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार ७०६ छ । संंस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिको सङ्ख्या आठ हजार ६४१ रहेको छ भने होम हाइसोलेसनमा बस्नेको सङ्ख्या सात हजार ७०१ जना छन् । “पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनामा पिसिआर परीक्षण भएको छ । हालसम्म आठ लाख ७२ हजार २७४ जनामा कोरोना परीक्षण गरिएको छ । क्वारेटिनमा रहनुभएका व्यक्तिको सङ्ख्या सात हजार ८२० रहेका छ”, प्रवक्ता गौतमले भन्नुभयो ।

    प्रवक्ता गौतमले कोभिड–१९ मुक्त हुने दर ७१.५ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिरहा, सुनसरी, मकवानपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, हुम्ला र मुगु रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या आठ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३७९ जना पुगेको छ ।

    आजसम्मको तथ्याङ्क हेर्दा विश्वमा दुई कुरोड ९७ लाख ३४ हजार १०४ व्यक्तिमा कारोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये निको हुनेको सङ्ख्या दुई करोड १५ लाख ४६ हजार ४५६ रहेको छ । हालसम्म देशभरि जम्मा सङ्क्रमितको सङ्ख्या १६ हजार २४२ छ ।२०७७ भदौ ३१ गते साँझ ७ :२३ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology