• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

आज पनि केही ठाउँमा ठूलो पानी पर्ने


समायोजन खबर
  • बुधबार, भाद्र ३१ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, आज दिउँसो पनि देशभर सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

    गण्डकी र प्रदेश ५ का केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशका धेरैजसो ठाउँको मौसम बदली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् श्रेष्ठले बताउनुभयो ।

    ठूलो पानी पर्ने सम्भावना भएका ठाउँका नदीमा पानीको बहाब बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।२०७७ भदौ ३१ गते बिहान ८ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology