समायोजन खबर, सिरियाको उत्तरपूर्वी प्रान्त हसाकामा मङ्गलबार संयुक्त राज्य अमेरिकाको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको सिरियाली राज्य सञ्चालित समाचार संस्था, सानाले जनाएको छ ।
उक्त हेलिकप्टर हसाकाको उत्तरपूर्वी गाउँको ताल हदाद क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । दुर्घटनाग्रस्त विमानलाई सेनाहरूले घेरा हालेकोले थप जानकारी प्राप्त भइनसकेको सानाले जनाएको छ ।
हेलिकोप्टरमा चालकदलका सदस्यबाहेक अन्य यात्रु भएनभएको पनिसमाचार तयार पार्दासम्म जानकारी दिइएको छैन । सिरियामा कुर्दको नेतृत्वमा रहेको सिरियाली प्रजातान्त्रिक बल (एसडीएफ) द्वारा नियन्त्रित हसाका प्रान्तलगायतका क्षेत्रहरूमा अमेरिकी नेतृत्वमा कैयौँ सैन्य शिविरहरू रहेका छन् ।२०७७ भदौ ३० गते राती ८ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology