समायोजन खबर खोटाङ, बाँकेको खडैचाबाट हिजो मध्यराति भारत जान खोज्न ५४ जनालाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध बाटो प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने पाँच महिलासहित ५४ जनालाई जिल्लाको डुडुवा गाउँपालिकाको खडैचाबाट उद्धार गरेको हो ।
भारतको हिमाञ्चल प्रदेशमा रोजगारी गर्न जान लागेको बताउने उनीहरु ठेकेदारलाई भारत पठाएवापत प्रतिव्यक्ति रु छ हजार भारतीय रुपैयाँसमेत दिनुपर्ने शर्तमा अवैध नाका प्रयोग गरेर जान लागेकाले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिनुभयो । “रुकुम, रोल्पा, बाँके, दाङ्ग, बर्दियालगायतका जिल्लाका उनीहरु कामका लागि भारत जान लागेको अवस्थामा उद्धार गरिएको हो”, उहाँले भन्नुभयो ।
अवैध बाटाबाट सोझा नागरिकलाई भारत लैजाने दुई जनालाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ । बाँके प्रहरीले नियन्त्रणमा लिएका दुईमध्ये अमर गन्र्धव गाडी चालक भएको र सेराज अहमद राई नेपालगञ्जबाट अवैध बाटो हुँदै भारत प्रवेश गराउने कार्यमा संलग्न रहेको बाँके प्रहरी प्रमुख रानाले बताउनुभयो । कोभिड–१९ को महामारीको कारण सीमा बन्द भएका कारण उनीहरुलाई अवैध बाटो प्रयोग गरी भारत लैजान लागिएको प्रहरीको भनाइ छ ।२०७७ भदौ ३० गते साँझ ६ :०१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology