समायोजन खबर, इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारी देखि विद्यालय प्रवेश गरेका हुन् ।
देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेला देखि केही समय कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको थियो । इटलीमा दुई महिनासम्म अति कडा लकडाउन लागु गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए ।
यहाँका धेरै बालबालिकाहरुले कोरोनाका कारण हजुरबुवा हजुर आमा गुमाएका छन् भने कतिपयले अन्य आफन्तहरु पनि गुमाएका छन् ।विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताउनुभयो ।२०७७ भदौ २९ गते राती ९ :४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology