• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप ११ सय ७० कोरोना संक्रमित,१५ जनाको मृत्यु

थप ११ सय ७० कोरोना संक्रमित,१५ जनाको मृत्यु


समायोजन खबर
  • सोमबार, भाद्र २९ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर, नेपालमा कोरोना भाइरसका एक हजार १७०जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्म कुल सङ्क्रमितको संख्या ५५ हजार ३२९ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा एकहजार ८७९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३९ हजार ५७६ पुगेको छ ।

    कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ । पछिल्लो चौबीस घण्टामा १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

    यस्तै, काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन्। योसहित उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनालाई कोरोना संक्रमण देखिएको छ।काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ संक्रमित पुगेका छन्।२०७७ भदौ २९ गते साँझ ७ :५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology