• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यलम्वर संगीत प्रतियोगिताको छैंटौं संस्करण अनलाईनमार्फत गरीने

यलम्वर संगीत प्रतियोगिताको छैंटौं संस्करण अनलाईनमार्फत गरीने


समायोजन खबर
  • शनिबार, भाद्र २७ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, यलम्वर संगीत प्रतियोगिताको छैंटौं संस्करणलाई अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले वार्षिक रुपमा राष्ट्रव्यापी सञ्चालन गर्दै आएको प्रतियोगितालाई योवर्ष विश्वव्यापी अनलाईन रुपमा सञ्चालन गर्ने तयारी गरिएको हो ।

    सामाजिक–साँस्कृतिक जागरणका लागि अभियानका रुपमा सञ्चालन गरिँदै आएको प्रतियोगिताको यस संस्करणलाई कोरोनाका कारण विश्वव्यापी अनलाईन संस्करण वनाउने तयारी गरिएको हो । अनलाईनमार्फत विश्वभर रहेका किरात राई समुदायका गायन प्रतिभाले यो संस्करणमा सहभागिता जनाउन सक्ने प्रतियोगिताको प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ राईले वताए ।

    प्रतियोगीले प्राकृतिक अर्थात वास्तविक गायकी भएको आवाजसँगैको एमपीफोर फाईल भिडियो आयोजकको ईमेल ठेगानामा २०७७ असोज १७ गतेभित्र पठाईसक्नुपर्नेछ । उत्कृष्ट ३० प्रतियोगीको भिडियोलाई संस्थाको ‘किरात राई कलाकार’ नामक युट्युव च्यानलवाट असोज १७ गते नै सार्वजानिक गर्दै ह्वाट्स एप गु्रपमा जोडी अर्को चरणको लागि ट्रयाक उपलव्ध गराउने जनाईएको छ ।

    प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैंयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले वताए । यलम्वर संगीतको पहिलो संस्करणको उपाधी सागर संसार राईले जित्नुभएको थियो ।

    यस्तै, दोश्रो संस्करण निश्चल राई र तेश्रो संस्करणमा नम्रता राईको नाममा प्रथम उपाधी गएको थियो । किरात राई समुदायका प्रतिभाहरुका लागि प्लेटफर्मका रुपमा स्थापित हुँदै आएको प्रतियोगितको चौथो संस्करणमा सोनाम राई प्रथम वन्नुभएको थियो । गतवर्ष अर्थात पाँचौं संस्करणमा भने अम्विका राईले प्रथम स्थान ओगट्नुभएको थियो ।२०७७ भदौ २७ गते साँझ ७ :५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology