समायोजन खबर खोटाङ, पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका एक हजार २०१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट थप एक हजार २०१ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार १७६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५३ हजार १२० जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ जना पुगेको छ ।२०७७ भदौ २७ गते अपरान्ह ४ : ४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology