• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

भोजपुरमा देवरको कुटपिटबाट भाउजुको मृत्यु


समायोजन खबर
  • बुधबार, भाद्र २४ २०७७

  • फाइल फोटो

    समायोजन खबर खोटाङ,जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

    गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटपछि ढिलबाट हुत्याएर आफू घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

    राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।२०७७ भदौ २४ गते राती ८ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology