• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप एक हजार ७३६ ले जिते कोरोना, ११ को मृत्यु

थप एक हजार ७३६ ले जिते कोरोना, ११ को मृत्यु


समायोजन खबर
  • सोमबार, भाद्र २२ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ७३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले हालसम्म सङ््क्रमण मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको जानकारी दिनुभयो ।

    नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ६५ प्रतिशत पुगेका छन् । काठमाडौँ उपत्यकामा ३२६ सहित देशभरमा ७९९ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ६४१ पुरुष र ३३८ महिला छन् । देशभरमा सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २९३, ललितपुरमा २० र भक्तपुरका १३ छन् ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी नौ हजार २१८ नमूना परीक्षण भयो । हालसम्म सात लाख ७७ हजार ५६३ नमूना परीक्षण भइसकेको छ । देशभर क्वारेइन्टिनमा रहने चार हजार ७३९ छन् । देशभर १६ हजार २५९ सक्रिय सङ्क्रमितमध्ये नौ हजार ६६ संस्थागत र सात हजार १९० होम आइसोलेसनमा छन् ।

    यस्तै,पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा चार महिला र सात पुरुष छन् । विश्वभरमा हालसम्म दुई करोड ७३ लाख छ हजार ४३८ जना सङ्क्रमित भएका छन् ।२०७७ भदौ २२ गते राती ९ :२३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology