• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप ९७९ जनामा कोरोना, उपत्यकामा थपिए ३२६ संक्रमित

थप ९७९ जनामा कोरोना, उपत्यकामा थपिए ३२६ संक्रमित


समायोजन खबर
  • सोमबार, भाद्र २२ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप ९७९ सङ्क्रमित भेटिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतलमा बताउनुभयो । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको हो ।

    प्रवक्ता डा. गौतमले निको हुने दर ६५ प्रतिशत पुगेको र हालसम्म ३० हजार ६७७ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका बताउनुभयो ।

    उहाँका अनुसार क्वारेन्टिनमा चारहजार ७३९ जना सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामो कोरोना भाइरसको कारण थप ११ जनाको मृत्यु भएको छ । कोरोनाका कारण ज्यान गुमाउनको संख्या कुल ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यस्तै,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।२०७७ भदौ २२ गते साँझ ६ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology