• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशसभा सदस्य सङ्क्रमित

कर्णाली प्रदेशसभा सदस्य सङ्क्रमित


समायोजन खबर
  • आइतबार, भाद्र २१ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आज प्राप्त रिपोर्टले उहाँमा सङ्क्रमण देखाएको हो । प्रतिष्ठानका निर्देशक डा मङ्गल रावलले आज स्वाब सङ्कलन गरी आरटी परीक्षण गर्दा श्रेष्ठमा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।

    यता प्रदेशसभा सदस्य श्रेष्ठले रासससँग कुरा गर्दै भन्नुभयो, “स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ, म अहिले होम आइसोलेसनमा छु । स्वास्थ्य अवस्था सामान्य छ । मसँग कन्ट्याक्टमा रहेका व्यक्तिको टे«सिङ चाँडो गराउन म सङ्क्रमण भएको समाचार आउन जरुरी छ ।” यसैगरी, प्रदेशसभा सदस्य श्रेष्ठसहित कर्णालीमा ५२ जनामा सङ्क्रमण देखिएको छ ।

    यस अघि जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य सङ्घका अध्यक्ष रजवअलि मनियार, नेकपाका जिल्ला नेता जीवन बुढ्थापा, अधिवक्ता दिलबहादुर महत, महिला अधिकारकर्मी भगवती श्रेष्ठ र एनजिओकर्मी टेकबहादुर रावतलाई पनि कोरोना सङ्क्रमण देखिएपछि उहाँहरु चार दिनदेखि आइसोलेसनमा हुनुहुन्छ ।२०७७ भदौ २१ गते राती ९ :३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology