समायोजन खबर, कर्णाली प्रदेशमा आज नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाद्वारा प्रेषित विज्ञप्ति अनुसार नौ सङ्क्रमित थपिएसँगै सङक्रमितको संख्या दुई हजार ६०० नजिक पुगेको छ ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा जाजरकोटका तीन, बाँकेका दुई, सुर्खेत र सल्यानका एकएक जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।
त्यसैगरी, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दुई जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणबाट निको भएर आज दिन ४२ जना घर फर्किएका छन् ।
सल्यान वनगाड कुपिण्डे आइसोलेशन सेन्टरबाट २१, रुकुपश्चिमको मुसिकोट आइसेलशनबाट नौ, आठबीसकोट आइसोलेशनबाट छ, रुकुमपश्चिम अस्पतालबाट चार र कर्णाली प्रदेश अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाउनुभयो ।
आज ४२ जना डिस्चार्ज भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई हजार २८१ पुगेको उहाँको भनाइ छ । डोल्पा, मुगु र हुम्ला बाहेक अन्य सात जिल्लामा विभिन्न आइसोलेशनमा ३०२ जना सङ्क्रमितहरुको उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखा प्रदेशले जनाएको छ ।२०७७ भदौ २० गते राती ९ :१८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology