• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा बिभत्स अवस्थामा बृद्धबृद्धाको शव फेला

खोटाङमा बिभत्स अवस्थामा बृद्धबृद्धाको शव फेला


समायोजन खबर
  • शनिबार, भाद्र २० २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा दुई जना बृद्धबृद्धाको बिभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । दाजु ७६ वर्षीय ईन्द्र श्रेष्ठ र बहिनी ६२ वर्षका गोपीमायाँ श्रेष्ठको घरभित्र शव फेला परेको हो ।

    घट्ना प्रकृति हेर्दा तीन÷चार दिन अगाडि बृद्धबृद्धाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमरियाले बताऐ । जंगल नजिकै एकान्त ठाउँमा रहेको घरको ढोकामा बाहिरबाट साङ्लो लगाएको अवस्थामा उनीहरुको शव शुक्रबार दिउँसो घरभित्र भेटिएको हो ।

    घट्नास्थल भोजपुरको सिमानामा पर्छ । बृद्धबृद्धा दाजुबहिनीको हत्याको कारण र हत्यामा संलग्नको पहिचान भएको छैन । भदौ १७ गते दिउँसो साँढे चार बजेसम्म काम गरिरहेको अवस्थामा देखिएका वृद्धवृद्धाको सोही रात हत्या गरिएको हुनसक्ने अनुमान गरिएको डम्बुर्खशिवालयका वडाध्यक्ष बिदुरमान राईले बताए ।

    गाईबस्तु भोकले कराउन थालेपछि छिमेकीले ढोका खोलेर हेर्दा उनीहरु मृत फेला परेका थिए । मृतकको शरीरमा जताततै धारिलो हतियारको चोट लागेको देखिएको छ ।
    मृतक ईन्द्र अविवाहित हुन् । बिहिनी गोपीमायाँ भने लामो समयदेखि माईती घर फर्केर सामान्य पशल गरेर बस्दै आएकी थिईन् ।२०७७ भदौ २० गते साँझ ६ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology