• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सहारा खेलकूद पत्रकारिता पुरस्कार इन्द्र पौडेललाई

सहारा खेलकूद पत्रकारिता पुरस्कार इन्द्र पौडेललाई


समायोजन खबर
  • शनिबार, भाद्र २० २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, सहारा खेलकूद पत्रकारिता पुरस्कार—२०७६ टेलिभिजनकर्मी इन्द्र पौडेललाई प्रदान गरिने भएको छ ।

    क्लबका सल्लाहकार एवम् अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई उक्त पुरस्कारका लागि सिफारिस गरेको हो । क्लबका अध्यक्ष केशबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले सो सिफारिसलाई अनुमोदन गरेको क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    क्लबले हरेक वर्ष पत्रकारिताका माध्यमबाट खेलकूदको विकासमा योगदान पु¥याउने र विशेषगरी खेलकूद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । पौडेल कान्तिपुर टेलिभिजनमा आबद्ध हुनुहुन्छ भने पत्रकार महासङ्घ गण्डकी प्रदेशका सचिव र खेलकूद पत्रकार मञ्च गण्डकीका सदस्यसमेत हुनुहुन्छ ।

    क्लबको २२औँ वार्षिकोत्सवका अवसरमा भदौ ३० गते उहाँलाई सो पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि २० हजार पाँच सय नगदसहित ताम्रपत्र रहेको क्लबले जनाएको छ । यसअघि सो पुरस्कारबाट खेलकूद बिटमा विभिन्न माध्यमबाट समाचार सम्प्रेषण गर्ने क्रियाशील १४ जना पत्रकार एवम् सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।२०७७ भदौ २० गते अपरान्ह ४ :०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology