समायोजन खबर खोटाङ, विराटनगरमा कोरोना भाइरसबाट दुईजना महिलाको ज्यान गएको छ । एक जनाको विराटनगरमा रहेको कोशी अस्पतालमा र एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।
कोशी अस्पतालमा हिजो बेलुकी ज्यान गुमाएकी विराटनगर महानगरपालिका ४ की ६४ वर्षीया महिलाको आज बिहान पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल भर्ना गरिएको थियो । आइसोलेशनमा भर्ना गरेर उपचार भैरहेकोमा साँझ ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले जानकारी दिनुभयो ।
यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर ११ की ४३ वर्षीया कोरोना सङ्क्रमीत महिलाको पनि हिजो बेलुकी ज्यान गएको हो । पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रेफर भएकी महिलाको ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभएको छ ।
महिलामा चार वर्षदेखि मुटु र उच्च रक्तचापको समस्या रहेको बताइएको छ । प्रदेश १ मा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । जसमा १२ जना प्रदेश २ घर भएका छन् ।२०७७ भदौ २० गते बिहान ११ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology