समायोजन खबर, चन्द्रागिरि नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिका–१४ नैकापस्थित वडा कार्यालयको नजिक निर्माणाधीन युवा क्लबको भवनमा हाइटेन्शन लाइनबाट करेन्ट लागेर २७ वर्षीय सुरेन्द्र महर्जनको आज बिहान मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले करेन्ट लागेर गम्भीर घाइते महर्जनको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलङ्कीमा मृत्यु भएको जानकारी दिनुभयो । लाइनमुनि क्लबको भवन बनाइएको थियो ।
स्थानीयवासीले नगरपालिकाको असहमति भएपछि भवन निर्माण रोक्न पहल नगरेर दुर्घटना भएको भन्दै १४ वडाका अध्यक्ष रामहरि बस्नेतको घरमा ढुङ्गामुडा गरेका थिए । उक्त ढुङ्गामुडाबाट अध्यक्ष बस्नेतको घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।२०७७ भदौ १९ गते साँझ ५ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology