• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चितवनमा एकै दिन ७४ सङ्क्रमित थपिए

चितवनमा एकै दिन ७४ सङ्क्रमित थपिए


समायोजन खबर
  • शुक्रबार, भाद्र १९ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, जिल्लामा एकै दिन ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् । दुईवटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ती सङ्क्रमित थपिएका हुन् ।

    चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५७ जना र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना जिल्लाका सङ्क्रमित थपिएका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार थपिनेमा सबैभन्दा बढी भरतपुर महानगरका ५६ जना रहेका छन् ।

    यस्तै रत्ननगरका तीन जना, कालिकाका दुई जना, खैरहनीका चार जना र राप्ती नगरपालिकाका–९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा ७०३ जनाको परीक्षणका क्रममा ८८ जनामा र भरतपुर प्रयोगशालामा ३०२ जनाको परीक्षणमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामध्ये ७४ जना जिल्लाका हुन् भने बाँकी ३२ जना बाहिरी जिल्लाका हुन् ।

    योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ९३३ पुगेको छ । यसमध्ये ५९४ भरतपुर महानगरका रहेका छन् । यस्तै खैरहनीका ५३ जना, माडीका ५२ जना, रत्ननगरका ११५ जना, राप्तीका ९७ जना, कालिका नगरपालिकाका १८ जना र इच्छाकामना गाउँपालिकाका चार जना रहेका छन् । सङ्क्रमितमध्ये चितवनका ११ जनाको मृत्यु भइसकेको छ । जिल्लाका अस्पतालमा मृत्यु हुनेको सङ्ख्या भने २० पुगेको छ ।२०७७ भदौ १९ गते साँझ ५ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology